रुपन्देही । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समाधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे ।
शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा भएको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीसँग मतदाताले भौतिक विकास र मानवीय विकासलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे ।
स्थायी सरकार निर्माणसंगै समृद्ध नेपालका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको मतदाताको भनाइ थियो । उनीहरुले सडक निर्माण, नाली तथा ढलको निकास, स्वास्थ्य र शिक्षामा नयाँ आयम ल्याउने गरी काम गर्नसमेत उम्मेदवार गिरीलाई मतदाताको आग्रह थियो ।
मतदाताको सुझावपछि नेता गिरीले एमाले सरकारमा रहँदा वा नरहँदा जनताको पक्षमा सधै रहेको बताउँदै एमाले नेतृत्वको सरकार निर्माणपछि देशमा सुशासन, आर्थिक समृद्धिको नयाँ बाटो तय हुने बताउनुभयो । । साथै उहाँले स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताउनुभयो ।
उहाँले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समधान एमालेले पहिलो प्राथमिकतामा राखेर गर्ने प्रतिवद्धता जनाउनुभयो