रुपन्देही । पुर्व मन्त्री तथा नेकपा एमाले क्षेत्र नम्बर २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि पार्टीलाई मत दिन आग्रह गर्नुभएको छ ।
शिक्षा र स्वास्थ्य महङ्गो हुँदा गरीबको पहुँचमा हुन नसकेको जनाउदै सर्वसुलभ बनाउन एमाले उम्मेदवारका पक्षमा मतदान गर्न उहाँले अनुरोध गर्नुभयो ।
आज बुटवल १३ का विभिन्न टोलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध भए मात्रै सबै वर्गका जनताको समस्या समाधान हुने बताउनुभयो ।
गठबन्धक सरकारले धनीलाई धनी गरीबलाइ झन गरीब बनाउने नीति लियको जनाउदै उहाँले अब जनता सचेत नभए देशको स्थिति नाजुक हुनेमा जोड दिनुभयो । “गठबन्धन सरकारका कारण सुशासन कायम हुन स्केन भ्रष्टाचार झन बढ्यो, बेरोजगार बढ्यो । अब देश बनाउन एमालेको विकल्प छैन ”, उहाँले भन्नुभयो ।
उहाँले समृद्धिको मुद्दा उठाउने पार्टी एमाले भएकाले एमालेले घोषणा गरेका २० ग्यारेन्टी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सहि नेतृत्व छनौट गर्न मंसिर ४ को निर्वाचन महत्त्वपूर्ण हुने भएकाले विवेक प्रयोग गरी सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
३ महिना ९९ सय दिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री भएर जनताको पक्षमा काम गरेको जनाउदै उहाँले
यसको मूल्याकंन जनताले उल्लेख गर्नुभयो । प्रादेशिक अस्पताल स्तरोन्नति गरि गुणस्तरीय सेवाका लागि
साझा ढङले काम गर्ने उहाँले प्रतिवद्दता जनाउनुभयो ।