रुपन्देही । पुर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार बिष्णुप्रसाद पौडेलले तिनाउ वारि र पारिको विकास समान ढंगले अघि बढाउने बताउनुभएको छ । पछिल्लो समय पुर्वाधार विकासले विकास तिनाउ वारि र पारीको विभेद हटेको उहाँको भनाइ छ ।
आज बुटवल १३ का विभिन्न टोलमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले बुटवल चन्द्रौटा सडक ६ लेनमा स्तरोन्नति गर्न ३८ अर्वको स्रोत सुनिस्चित गरि निर्माण प्रक्रिया थालनी हुने जनाउँदै उहाँले यसले बुटवल१३ को विकासमा थप टेवा पुग्ने बताउनुभयो ।
झुम्सा खानेपानी आयोजना, तिनाउ नदीमा आकर्षक सिग्नेचर बृज निर्माण, तिनाउ दानव करिडोर सडक र गोलपार्क गणेस्थान हुँदै सैनामैना चक्रपथ जोड्ने गरि पुर्वाधार निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो ।
सडक पुर्वाधारका दृष्टिकोणले यो ठाउँ नमुना बन्ने बताउँदै नेता पौडेलले विकासको जिम्मा आफुले लिने प्रतिबद्धता जनाउनुभयो । “यो निर्वाचनमा हामी आलोचना गर्न चाहान्नौ । हामी कुनै टीका टिप्पणी गर्दैनौ । हाम्रा योजना लिएर जान्छौ “, उहाँले भन्नुभयो ।
०७४ को आकडा भन्दा पनि फराकिलो मतान्तरका साथ विजयी बनाएर जनताको सेवा गर्ने मौका दिन उहाँले आग्रह गर्नुभयो । “ हिजो कुन पार्टीमा मत दिनुभयो त्यो चासोको विषय रहेन । अबको निर्वाचनमा एमाले उम्मेदवारका पक्षमा मत दिनुहुनेछ भन्ने विस्वास छ ”,उहाँले भन्नुभयो ।
विकासको अग्रणी जिल्ला रुपन्देहीमा अब शिक्षा स्वास्थ्य र रोजगारी लाई समेत प्राथमिकता दिएर काम गर्ने उहाँको भनाइ छ ।