बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा रूपन्देही २ (२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले घोषणापत्रमा भएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध भएको बताउनुभएको छ ।
नेता श्रेष्ठले विकास, परिवर्तनको योजना र काम अनुसार नमुना पेश गर्न एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो । ‘२०५४ सालको एमाले सरकारको योजनाको ट्याकमा बुटवल अगाडि बढेको जुन देशमै योजनाबद्ध बिकास गर्ने नमुना बनेको छ ।’ श्रेष्ठले भन्नुभयो ।
बिहीबार बुटवल–२ का विभिन्न टोलका मतदाता तथा सैनामैना ३ को महिला भेलालाई सम्बोधन गर्दै श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्न एमाले प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो, ‘हिजो काम गरेको अनुभवका आधारमा एमालेले नै सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी पूरा गर्छ ।’
उहाँले जनताको पक्षमा वकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गर्न हरेक निकायसँग समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न नेकपा एमालेको नेतृत्वमा आफू सधैं तयार रहेको बताउनुभयो ।
गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकार प्रति बितृष्णा रहेको बताउँदै श्रेष्ठले प्रदेश सरकार चुस्त कम खर्चिलो बनाउने बताउनुभयो । उहाँले तिनाउ– दानव करिडोर प्रभावित समुदायको सहि व्यवस्थापन गर्ने बताउनुभयो ।
यसैबीच सैनामैना ३ मा बसन्ता रेग्मीको नेतृत्वमा ५५१ सदस्यीय निर्वाचन केन्द्रित महिला परिचालन कमिटी गठन भएको छ ।