बुटवल । रुपन्देही–१ का प्रतिनिधि सभा र प्रदेश सभानका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने आज रोहिणीको वडा नं १ र २ तथा ओमसतियाको वडा नंं ४ का मतदाताको घरदैलोमा पुग्नुभएको हो ।
घरदैलोका क्रममा उम्मेदवारसंग मतदाताले बसन्तपुर–गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताहरुले सडक, पिउने पानी र सिंचाईको राम्रो व्यवस्था गर्न माग गरे । मतदाताहरुले देशको हित, राष्ट्रियताको रक्षा र विकासका लागि फेरि पनि एमाले राप्रपा र जसपाको गठन्धनले जित्नुपर्ने भदै जितको शुभकामनासहित आशिर्वाद दिएका छन् ।
सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार छविलाल विश्वकर्माले एमाले सरकारले तराई मधेशमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो वजेट छुट्टाएकाले मधेशको विकास हुन थालेको बताउनुभयो । प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पुरा गर्न फेरि एमालेले जित्नुपर्ने बताउनुभयो ।
राप्रपाका सहमहामन्त्री ताहिर अली भाटले रुपन्देही १ मा एमाले राप्रपा जसपा गठबन्धन विपक्षी भन्दा ठूलो मतान्तरले अगाडि रहेकाले उत्साहित भएर जनतालाई मतदाता शिक्षा दिनुपर्ने सुझाव दिनुभयो ।