काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयताको लागि निर्वाचन आचार संहिताको पूर्ण पालन गर्ने वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेको छ ।
निर्वाचन आचार संहिता र निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमनका लागि छुट्टै अधिकृत तोक्नेदेखि जिल्ला र केन्द्र स्तरमा समेत समिति मार्फत अनुगमन गर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो ।
आचार संहिता उल्लङ्घन भएको पाइएमा आम मतदातादेखि सरोकारवाला सबै पक्षले कुनै पनि तरिकाले आयोगमा उजुरी दिन सक्ने व्यवस्था गरिएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही असोज १२ गतेदेखि निर्वाचन आचार संहिता लागू गरेको छ ।