रुपन्देही । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं २ मा राजु गुरुङ्गले उमेदवारी दर्ता गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव गुरुङ्गले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उमेदवारी दर्ता गराउनुभएको हो ।
उमेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका उहाँले बुटवललाई बदल्न मनोनयन दर्ता गराएको बताउनुभयो । यसअघि स्थानीय तहको निर्वाचनमा प्राविधिक कमजोरीका कारण केही समस्या भएपनि त्यसबाट पाठ सिकेर अघि बढ्ने उहाँको भनाइ छ ।
सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका लागि माओवादी केन्द्रका नेता बामदेव क्षेत्री र नेपाली कांग्रेसका नेता दिर्घबहादुर केसीले मनोनयन दर्ता गराउनुभएको छ ।
आगमी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा रुपन्देही क्षेत्र नं. २ मा आजै नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णु पौडेलले उमेदवारी दिनुभएको छ ।