रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशलाई सामाजिक न्यायसहित समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व राज्यको नेतृत्वमाथि आएको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले आज बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका कनै पनि देशमा पाउन नसकिने उल्लेख गर्नुभयो ।
नेपालको आफ्नै मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्था विश्वका अगाडी नमुना सावित गर्न सक्नुपर्नेमा उहाँको जोड थियो । “वर्तमान संविधानले सामन्ती निरंकश र केन्द्रिकत राज्य व्यवस्थादारा सृजित सबै प्रकारका विभेदको अन्त्य गर्द जातीय, भाषिक, धार्मिक सांस्कतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहतराष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ । ” यस संविधान अन्र्तगत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्य शक्तिको स्रोत भएका छन”, उहाँले भन्नुभयो ।
हाल संघ, प्रदेश र स्थानिय तहमा जनादेश प्राप्त तिनै तहका सरकारहरू आ आफनो तहमा निरन्तर कयाशील रहेको जनाउँदै प्रदेश प्रमुख शेरचनले प्राप्त जनादेश अनुरूप खडा भएका यी संस्थाहरूले सुशासन र भ्रष्टचाररहित गणस्तरीय सेवा प्रवाहको माध्यमबाट संविधानको कार्यान्वयन गर्दै देशमा संघात्मक शासन व्यवस्थाको जगलाई बलियो बनाउँदै जानुपर्ने गहन जिम्मेवारी रहेको उल्ल्ेख गर्नुभयो ।
उहाँले भन्नुभयो, –“आजको यस महत्वपूर्ण दिनले हामी सबैलाई आ–आफनो कमी कमजोरीहरूको आत्मसमीक्षा र आत्माआलोचित हुँदै सामुहिक सुधार गरेर प्रभावकारीताका साथ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”
उहाँले यस ऐतिहासिक दिनले संविधानको कार्यान्वयन मार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकौँ भन्दै यस दिवसले समस्त नेपालीहरू बीच आपसी सदभाव र एक्यवद्धता अभिवद्धि गर्न सबैलाई थप प्रेरित गर्न सकोस भन्ने शुभकामना दिनुभएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, विभिन्न मन्त्रालयका मन्त्री लगायतको सहभागिता रहेको थियो ।