काठमाडौँ – सत्तारुढ नेकपाले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका लागि प्रमुखको नाम सिफारिस गरेको छ।
सिफारिसमा परेकाहरुमा झापाबाट बिष्णु प्रसाईं, सिरहाबाट धर्मनाथ यादव, चितवनबाट अमिक शेरचन, कास्कीबाट सोमनाथ प्यासी, बाँकेबाट तिलक परियार, काठमाडौंबाट कर्णाली प्रदेशका लागि शर्मिला त्रिपाठी र डडेलधुराबाट गोविन्द कलौनी रहेका छन्।
नेकपाले छनोट गरेका नामावलीलाई मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।
आइतबार सरकारले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाएको थियो।