प्युठान । मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाको एकल नाम सिफारिस भएको छ ।
एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला इन्चार्ज समेत रहनुभएका थापाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
झिमरुक गाउँपालिका –१ सौतामारे निवासी थापा पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा दुवैतर्फ सर्वसम्मत एकल नाम सिफारीस गरिएको पार्टी अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन क्षेत्र (क) बाट निवर्तमान पार्टी अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेस सांसद हरि रिजालको एकल नाम सिफारिस गरिएको छ।