गुल्मी । गुल्मी क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट उपमहासचिव प्रदिपकुमार ज्ञवाली प्रतिनिधि सभा निर्वाचनका लागि एकल उमेदरवारका रुपमा सिफारिस हुनुभएको छ ।
आज रिडीमा बसेको क्षेत्रिय भेलाले नेता ज्ञवालीलाई प्रतिनिधी सभा उमेदवारमा सर्वसम्मत सिफारिस गरेको जिल्ला पार्टी सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्र नम्वर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई सिफारिस गरिएको छ ।