रुपन्देही । राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेता एवं पोलिब्युरो सदस्य खिमलाल भट्टराई रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
आज बसेको क्षेत्रीय कमिटी बैठकले उहाँको नाम एकल रूपमा सिफारिस गरेको हो । गत निर्वाचनमा कांग्रेस नेता भरत शाहले एमाले माओवादीको गठबन्धनका उम्मेदवार डिलाराम आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो ।