रुपन्देही । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।
कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले जानकारी दिनुभयो ।
खाणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको थियो ।