रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले जनसंगठन समन्वय संयन्त्र गठन गरेको छ । बुधबार बसेको २२ वटा जनवर्गीय संगठनहरुको संयुक्त बैठकले संयन्त्र गठन गरेको हो ।
बैठकले जनसंगठनहरुको शुद्धिकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ । त्यस्तै बैठकले तीन दिने पुष्पलाल स्मृती दिवस मनाउने निर्णय गरेको छ । जसअन्तर्गत आज सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै साउन ६ गते पुष्पलालको तस्वीरमा माल्यार्पण र विचारगोष्ठी कार्यक्रमको आयोजना गर्ने र ७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो ।