काठमाडौं । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो।
उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।
भुसाललाई सत्ता गठबन्धनको साथ थियो। भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी हुनुहुन्थ्यो।