काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएको थियो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको लामिछानेले जानकारी गराउनुभयो । चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको उहाँले बताउनुभयो ।
राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले अब पार्टी निर्माणमा लाग्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको र समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने जनाइएको छ ।