काठमाडौँ-कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।
डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए । विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ । उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन् ।