काठमाडौं: आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे जिल्ला अधिवेशन आज शनिबार हुने भएकाे छ ।
मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो । मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ । ७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।