काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले कति प्रतिनिधि, मतदाता छन् भन्ने चासो धेरैमा छ।
कांग्रेसमा १२ वटा भातृसंगठन र १० वटा शुभेच्छुक संस्थाबाट १ सय २७ जना प्रतिनिधि सहभागि हुँदै छन्। कांग्रेसमा विधान र नियम अनुसार मतदाता अर्थात् भोटर छनोट गरिन्छ।
अहिलेको महाधिवेशनमा पनि त्यसरी नै मतदाता छनोट गरिएको हो । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन पाउने र भोटको अधिकार पाएका प्रतिनिधिहरु भातृ संगठन, विभाग तथा निर्वाचन क्षेत्रका साथै कार्यसमिति तथा मनोनीत गरी चयन भएका छन्।
१९५ मतदाता नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित अध्यक्ष. केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्य हुनेछन् ।
पाँच सय वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट अध्यक्ष सहित सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट अध्यक्ष सहित तीन जना केन्द्रीय महासमिति सदस्य छनोट गरिएको छ ।
दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट अध्यक्ष सहित चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट अध्यक्ष सहित छ जना केन्द्रीय महासमिति सदस्य चयन गरिएको छ ।
उपधारा ४ बमोजिम पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी तोक्न नसक्ने व्यवस्था छ ।
१६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् । केन्द्रीय कार्यसमितिबाट स्वत हुने १ सय ९ जना पनि प्रतिनिधिको रुपमा भोट हाल्न पाउने छन् । मनोनीत ४० जनाले पनि निर्वाचनमा भाग लिन पाउने छन् ।
कांग्रेका विभिन्न ३७ देशमा जनसम्पर्क समिति छन् । यस पटक २९ जनसम्पर्क समितिबाट कोटा छुट्याउन १९५ जनाले महाधिवेशनमा भाग लिने छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार भारत, जापान, अमेरिका र बेलायतबाट १४ –१४ जना, जर्मनी, नर्वे, इजरायल, बहराइन, कतार, ओमन, मलेसिया, साउदी अरब, हङकङ, स्पेन, बेल्जियम, दक्षिण कोरिया, स्विडेन, अस्ट्रेलिया, पोर्जुगल, क्यानडा, मकाउ, डेनमार्क, युएईबाट ७/ ७ जना र नेदरल्याण, पोल्यान्ड, साइप्रस, कुवेत, फ्रान्स र आयरल्यान्डबाट १/१ जना प्रतिनिधि आउने छन् ।
विदेशबाट १९५ जना प्रतिनिधि भोटरका रुपमा आउने छन् । केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको सूचीमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ३ सय १९ छ । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार यसमा विदेशस्थित २९ वटा जनसम्पर्क समितिबाट १ सय ९५ जना थपिनेछन् ।
जम्मा ४ हजार ५ सय ९६ जना प्रतिनिधि भोटरको रुपमा महाधिवेशनमा छिर्नेछन् । मतदान कार्य सम्पन्न नहुँदासम्म यी मतदाता महाधिवेशन छाडन् पाउने छैनन् । यी मतदाता नै उम्मेदवारको जित हार गर्ने निर्णायक बन्नेछन्।