उदयपुर: नेकपा माओवादी केन्द्र रौतामाई गाउँपालिका अध्यक्षमा वीरेन्द्र मगर निर्वाचित भएका छन् । नगर सम्मेलनले मगरको नेतृत्व नयाँ कमिटी चयन गरेकाे हो ।
कुल ५४ मतमा वीरेन्द्रले ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर राना मगरले १६ मत मात्र प्राप्त गरेर पराजित भए ।
उपाध्यक्षमा समीक्षा मगर, फूलकुमारी आले मगर र देवेन्द्रबहादुर राया विजयी भएका छन् । सचिवमा भरतमणि दाहालले विजयी भएका छन् ।
सहसचिको पद गणेश राई सर्वसम्मत भएका छन् भने काेषाध्यक्षमा कोपिला मगर विजयी भइन् ।