काठमाडौं: सुर्खेत कांग्रेस सभापतिमा खड्का पोखरेल निर्विरोध चयन भएका छन्। उनी संस्थापन शेरबहादुर देउवा पक्षका हुन् । संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार नै फेला पार्न नसकेपछि पोखरेल निर्विरोध भएका हुन् ।
संस्थापनइतर समूहले सभापतिबाहेकका पदमा भने उम्मेदवार बनाएको छ। उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत संस्थापन पक्षबाट उम्मेदवार बनेका छन्।
इतर पक्षले उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मालाई उम्मेदवार बनाएको छ । सचिवमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल र संस्थापनइतरबाट अनन्त पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्।
सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला समेत हो । जिल्ला सभापति कमलराज रेग्मीसहित इतर पक्षका पूर्वमन्त्री शिवराज जोशी र राज्यमन्त्री खड्ग बस्याल पराजित भएका छन्। सुर्खेतमा संस्थापनइतर पक्ष वडा तहदेखि कमजोर देखिएको छ।