तेह्रथुम: नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न ।
जिल्ला अधिवेशनबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिबाटै सदस्यहरू छनाेट भएका हुन् । महासमिति सदस्य छनाेट हुनेमा तुसली सुब्बा, गणेश बिमली,अर्जुन माबोहाङ, सन्तोष सुब्बा, टेकराज तिगेला, विजय सम्बाहाङ्फे, रामकृष्ण लकान्द्री, केशव भेटुवाल, बसन्ती गुरुङ, राधा प्रधान र शारदा काेइराला रहेको जिल्ला सचिव विपीन निङलेकुले जानकारी दिए ।
जिल्लाको ४३ वटै वडाह र ६ पालिका सर्वसहमत नेतृत्व चयन गरेको कांग्रेस तेह्रथुमले निर्वाचन क्षेत्र प्रदेश सभा र जिल्ला अधिवेशन निर्वाचनद्वारा नेतृत्व चयन गरेको थियो । प्रदेशसभा र जिल्ला पनि सर्वसहमत नेतृत्व चयनमा जुटेको कांग्रेस तेह्रथुम कार्यसमिति निर्वाचनबाटै चयन भएको छ ।