काठमाडौं-नेकपा एमालेको दसौं महाधिवेशनमा महासचिवका उम्मेदवारका रूपमा हेरिएका शंकर पोखरेलले आफूले विष्णु पौडेलसँग एउटै प्रतिस्पर्धा नगर्ने बताएका छन्।
इमेज टेलिभिजनको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको अन्तर्वार्तामा एमाले स्थायी समिति सदस्य समेत रहेका पोखरेलले एउटै पदमा दुबै जना उम्मेदवार नबन्ने बताएका हुन्।
'हामी सधैं मिलेर काम गरिराखेका छौं', पोखरेलले भनेका छन्, 'त्यसमा असमझदारी होला भन्ने लाग्दै लाग्दैन।'
एमालेको महासचिव पदमा विष्णु पौडेल र शंकर पोखरेल आकांक्षी छन्। दुवै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन्।