रुपन्देही: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी भएका हुन् ।
दोस्रो कार्यकाल पुनः सभापति बन्नुभएका लम्सालले ४०२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २४२ मत प्राप्त गरेका प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए ।
त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित भएका छन् भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित भएका छन्।
यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो । रासस