रामपुर (पाल्पा): नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं १ पाल्पाको सभापतिमा झमनबहादुर राजमगर निर्वाचित भएका छन् । राजमगरले सभापतिका लागि भएको मतदानमा उनका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेललाई पछि पार्दै ४४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी बोमरेलले १३० मत प्राप्त गरेका छन् ।
क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुल्ला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएको छ । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन भएका हुन् ।
त्यस्तै, सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुल्ला महिला सदस्यमा पार्वती न्यौपाने, खस आर्यमा सदस्यमा तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुल्ला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिञ्जाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुल्ला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन भएका छन् ।
खुल्लातर्फको तीनजना सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२ मत, दलबहादुर थापा ३४२ मत र मधुसूदन पोखरेल ३१५ मतसहित निर्वाचित भएका हुन् । प्रतिस्पर्धी भेषराज सापकोटाले २२४ मत र विष्णुप्रसाद गौतमले २४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ज्ञानबहादुर गाहा ४८९ मत, रमणबहादुर थापा ४४४ मत, देवराज ढकाल ४२६ मत, सन्तोषकुमार थापा ४२९ मत, कृष्णप्रसाद अधिकारी ३७६ मत, दानबहादुर पछाई ३६३ मत, कल्प पौडेल ३२५ मत, शालिकराम पाण्डे ३१३ मत, लक्ष्मण भट्टराई ३०९ मत र खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धीहरु डिल्लीराज रेग्मीले २११ मत, नवीन थापाले १४२ मत, राम शाहले २२१ मत, रामचन्द्र नेपालले १५४ मत, लक्ष्मण बस्यालले ३०० मत, विजयराज घिमिरेले २१३ मत र शंकर खनालले २८८ मत प्राप्त गरेका छन् ।
खुल्ला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८ मत विष्णुमायाँ ढकाल ४४० मत, गङ्गा पँगेनी ३४६ मत र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२ मत, तारा रसाइलीले २५३ मत प्राप्त गरेका छन् ।
खस आर्य खुल्लामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी ऋषिराम भट्टराईले ११४ र कृष्णप्रसाद शर्मा पौडेलले १०७ मत प्राप्त गरे ।
कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुल्लामा सन्दीप राना ५१० मत, पूर्णकुमार सोती ४२१ मत, विष्णुकुमार थापा ३९९ मत र दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन भएका छन् । प्रतिस्पर्धी बोमबहादुर थापाले ३३२ मत प्राप्त गरेका थिए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुल्लातर्फ तीनजना प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९ मत, एकबहादुर सार्कीले ७९ मत र भीमबहादुर सुनारले २२ मत प्राप्त गरेका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खस आर्य महिलामा विजयकुमारी भट्टराई र मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन भएका छन् ।
क्षेत्र नं २ को सभापतिमा जिसी विजयी
नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी हुनुभएको छ । जिसीले ४६० मत प्राप्त गरी विजयी बनेका छन् । उनको प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गरेका छन् । कूल ७०४ मत खसेकामा पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४ र यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गरेका छन् ।
रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति खुल्लातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर राना मगर ४८५ र केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी भएका छन् ।
जिल्ला अधिवेशन मङ्सिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली कांग्रेस पाल्पाको सभापति पदका लागिसमेत तयारी अगाडि बढेका छन् । यस पटकको महाधिवेशनमा जिल्लामा पुराना तथा नयाँ पुस्ता चुनिएर आएका छन् । रासस