बुटवल: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनमा श्रेष्ठले ७३१ मत ल्याएर विजयी भएका हुन्। श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन्।
उनका प्रतिस्पर्धीहरू इन्द्रमणि पौडेलले ३५२ र यादव घिमिरेले ३०९ मत ल्याएका थिए। पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई उम्मेदवार बनाएको थियो।
यसअघिका सभापति विष्णुप्रसाद खनाल मुस्कानले पनि सभापतिमा उम्मेदवारी दिएकोमा उनले श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।