काठमाडौं: पार्टीको दशौँ महाधिवेशनबारे छलफल गर्न एमाले स्थायी कमिटि बैठक बसिरहेको छ।
ललितपुरको च्यासलमा जारी स्थायी कमिटि बैठकमा पाँचवटा एजेण्डामाथि छलफल भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए।
शुक्रबारदेखि सुरु हुने पार्टीको दशौँ महाधिवेशन केन्द्रित बैठकमा महाधिवेशनको समग्र व्यवस्थापन, उद्घाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्थाबारे समीक्षाबारे छलफल भइरहेको छ।
त्यस्तै स्थायी कमिटि बैठकले मनोनित गर्ने पाँच प्रतिशत मनोनयन गर्ने र पार्टी निर्वाचन आयोगको कामबारे पनि कुराकानी भइरहेको सचिव भट्टराईले जानकारी दिए।रासस