गण्डकी: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी बनेका छन्।
सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी बने भने उनका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरिराज गौतम र शिरोमणि लामिछाने विजयी बनेका छन् ।
त्यस्तै समानुपातिक खस आर्य महिलातर्फ शान्ति खनाल र दुर्गा लामिछाने, खुल्लातर्फ सुरजजङ राणा र नरेन्द्र थापा(नरेन) विजयी बनेका छन् ।
आदिवासी जनजातितर्फ महिलामा सस्वती गुरुङ र गीमाया गुरुङ, खुल्लातर्फ दीपक गुरुङ(माइला) र डम्बरजङग गुरुङ विजयी बनेका छन् ।
त्यस्तै दलित महिलातर्फ सरस्वती सार्की र खुल्लातर्फ कुमार विक सुनार विजयी बनेका छन् । अपाङ्गतातर्फ मोहनकुमार प्रधान विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ । रासस