काठमाडौं: नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा चयनका लागि भएको चुनावमा पराजित भएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित भएका हुन् । पराजित भएका पौडेलले ८३ मत पाए ।
क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्षसमेत रहेका मुकुन्द रिजाल क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।