काठमाडाैं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ।
कांग्रेसको अनुशासन समितिको सिफारिसमा पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो।
त्यस्तै डडेल्धुराका नेता रामबहादुर विष्टलाई भने तीन वर्षका लागि कांग्रेसले निष्काशन गरेकाे जनाएकाे छ। नेताहरु भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल रहेको नेपाली कांग्रेस अनुशासन समितिले उनीहरुलाई पार्टीबाट निष्काशन गर्न पार्टीलाई सिफारिस गरेको थियो।
उनीहरुलाई निर्वाचनमा आफ्नै पार्टीका नेतालाई असहयोग गरेको र बागी उम्मेदवार उठेको आरोप छ।