काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणसँग लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया र योजना आयोगकाउपाध्यक्ष वामदेव क्षेत्रीलगायतको टोलीले भेट गरेको छ ।
गृहमन्त्री खाँणलाई टोलीले प्रदेशको बजेट, प्रदेश प्रहरी ऐन, सङ्घीय निजामति सेवा ऐनअनुरुप काम कारबाही नभएको सन्दर्भमा जानकारी गराएको नेता कनौडियाले बताए। सो अवसरमा गृहमन्त्री खाँणले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने विश्वास दिलाए। उनले भने, “यहाँहरूले उठाएका समस्या समाधानमा सक्दो पहल हुन्छ, प्रदेश र सङ्घ मिलेरै काम गर्ने हो ।” टोलीमा प्रदेश योजना आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्माको उपस्थिति थियो । रासस