काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान र योग्य व्यक्तिहरुलाई मन्त्रिपरिषद्मा सहभागी गराउन नसकेको प्रष्टीकरण दिएका हुन्।
‘मन्त्रिपरिषद्ले पूर्णता पाएको छ‚’ उनले भने‚ ‘तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन। यसमा म दुःखी छु।’
प्रधानमन्त्री देउवाले अहिले छुटेकालाई आगामी दिनमा उचित जिम्मेवारी दिने पनि आश्वासन दिए। देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका छन्। गठबन्धन दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाभित्र मन्त्रीमा पठाएका ब्यक्तिका विषयलाई लिएर गुनासो बढेको छ।