बुटवल । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको आठौं बैठक चार बजेदेखि शुरु हुने भएको छ। यसअघि आज बसेको सातौं बैठकको अन्त्य गर्दै सभामूख पूर्णबहादुर घर्तीले ४ बजे अर्को बैठक बस्ने जानकारी दिएका हुन्।
अब बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत् नयाँ बजेट ल्याउने तयारी गरेको छ।
सातौं बैठक शुरु हुनासाथै प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी शुरु गरेको थियो। यद्यपि, नाराबाजीका बीच सभामूख घर्तीले बैठक अगाडी बढाएका थिए।
एमालेले पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामूखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान राख्दै आज पनि नाराबाजी गरेको होर सभामूख घर्तीले यो मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले आफूले निर्णय लिन नसक्ने स्पष्ट पारेका थिए।
सातौं बैठकमा तीन वटा विधेयक संसदमा पेश भएका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीको तर्फबाट पर्यटन, ग्रामिण तथा शहरी बिका मन्त्री डिल्ली चौधरीले वन सम्बन्धमा बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रुतिवेदनसहितको विधेयक संसदमा पेश गरेका हुन्।