काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्केका छन् ।
उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्केका जानकारी दिए । उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन् ।
यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली संलग्न रहेको थियो । रासस