काठमाडौं : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा सो मुद्दा पेशीमा चढेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी रिट दायर गरेका थिए ।