काठमाडौं । नेकपा (एमाले)मा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उमेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।
पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए । उनका अनुसार एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको हो ।
यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् ।
तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।