काठमाडौं । नेकपा (एमाले)मा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी प्रस्ताव गरिएको छ । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थपेर पाँच उपाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको हो ।
यस्तै, एमालेमा उपमहासचिव पद नरहने प्रस्तावसहितको विधान मस्यौदा विधान महाधिवेशनमा पेस गरिएको थियो । तर, विधान महाधिवेशन समापनसम्म पुग्दा दुई उपमहासचिव रहेको नेकपा (एमाले)मा एक मात्र उपमहासचिव रहने व्यवस्था प्रस्ताव गरिएको छ ।