काठमाडौं । नेकपा (एमाले)को लोगो परिवर्तन गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनबाट लोगो परिवर्तनको प्रस्ताव पारित गरिएको हो । अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ ।
यसअघि, एमालेको सूर्य चिह्नभित्र यूएमल लेखिएको लोगो थियो ।