बुटवल । नेपाली कांग्रेस बुटवल नगरका नवनिर्वाचित सभापति खेलराज पाण्डेयले कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउने दाबी गरेका छन् ।
उनले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जितेको बताउँदै बुटवलमा अरूलाइ जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घाेष गरे ।पाण्डेले बुटवललाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता जनाए ।
आज बुटवलमा भएको निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन र प्रमाण पत्र वितरण समारोहमा बोल्दै उनले भने, ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं , अब कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउँछौं ।’
‘बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’ उनले भने- ‘चाहेँ वडाको चुनाव होस्, चाहे पालिकाको होस्, चाहे प्रदेश, संघको होस् कांग्रेसलाई जिताउँन सक्ने पार्टीको रुपमा अगाडी बढाउने छु,म सबैतिर कांग्रेसले जितेको हेर्न चाहन्छु ।’