बुटवल-नेपाली कांग्रेसको बुटवल उपमहानगर समिति सभापतिमा निर्वाचन जितेका खेलराज पाण्डेले मतदानस्थलको फोहोर उठाएर कार्यकालको शुरुवात गरेका छन्।
लगातार ३ पटकसम्म नगर सभापतिमा निर्वाचित पाण्डेले बुटवलको सिद्धेश्वरी माध्यमिक विद्यालय र मैदान परिसरमा जम्मा भएको फोहोर उठाएर कार्यकालको शुरु गरेका हुन्।
बुटवल उपमहानगरपालिकामा नगरप्रमुखको निर्वाचनमा पराजित भएका उनले बुटवलले स्थानीयको आवश्यकता र अपेक्षा गरेअनुसारको नेतृत्व नपाएको बताए। बुटवल उपमहानगरपालिकाको नेतृत्व काममा भन्दा बढी कुरामा मात्रै रमाएकाले बुटवललाई कुराभन्दा काम बढी गर्ने नेतृत्वको खाँचो परेको बताए। उनले आगामी निर्वाचनमा बुटवलमा कांग्रेसले चुनाब जित्ने उल्लेख गरे।
शनिबार उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भएका हुन्। उनले ४१२ मत ल्याए भने उनकी प्रतिस्पर्धी रिता केसीले १२४ मत पाइन्। उपसभापतीमा ज्योति भण्डारी ४०३ र हितमान पुन २८२ ,सचिबमा गंगा पन्थी ३०७ र छाया पोखरेल २९४, सहसचिवमा देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत पाएर बिजयी भएका छन्।