बुटवल-नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तरगत शनिबार भएको गाउँनगर अधिवेशनमा रुपन्देहीको सिद्धार्थनगरमा भएको निर्वाचनमा सभापतिमा कोशिश खड्काको प्यानल विजयी भएको छ।
उनको प्यानलबाट उपसभापतिमा देवराज न्यौपाने र किरणकुमार घिमिरे, सचिवमा अनिल कुमार केसी र हरिमाया गुरुङ र सहसचिवमा आदर्श गुरुङ र कृष्ण कुमार चाई विजयी भएका हुन्।
नगर सभापतिमा संजीब शर्मा रेग्मीको नेतृत्वमा उपसभापतिमा गौरब श्रेष्ठ, घनश्याम यादव, सचिवमा सम्राट थापा, टिकाराम भट्टराई, सह–सचिवमा ओजश शर्मा र प्रतिक भण्डारी रहेको अर्को प्यानल पराजित भएको छ।
विजेता प्यानल पार्टी सभापति शेरबहादुर देउवा गुटको हो भने पराजित प्यानल रामचन्द्र पौडेल गुटको हो।