बुटवल-नेपाली कांग्रेसको गाउँनगर अधिवेशनअन्तरगत तिलोत्तमा नगरपालिका रुपन्देहीमा भएको निर्वाचनमा हरिलाल पाण्डेले जित हात पारेका छन्। उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराए। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट छन्।
यहाँ पाण्डे नेतृत्वको प्यानल नै विजयी भएको हो। जसअनुसार उप-सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा, सह-सचिवमा रमेश पराजुली र दिपक थापा विजयी भएका छन्।
रूपन्देहीको तिलाेत्तमा नगरमा प्राप्त मतको विवरण
सभापति
हरिलाल पाण्डे -१७४
नारायण न्यौपाने - १७२
हरि तिवारी- ३०
उपसभापति
कल्याण पौडेल - 238
माया चौधरी - 207
मदु सुधन गैरे - 148
अशोक कुमार क्षेत्री - 143
सचिव
प्रदिप थापा -208
हुमलाल पौडेल-178
सोभा थापा - 174
प्रकाश गैरे- 149
सहसचिव
दिनेश कुवर- 135
दिपक थापा -238
केसरी उपाध्याय-114
रमेश पराजुलि -240