बुटवल-नेपाली काँग्रेसको १४ औं महाधिवेशनको गाउँनगर अधिवेशन अन्तरगत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो।
मतदान अधिकृतहरुका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएका हुन्।
रुपन्देहीका अरु पालिकाहरुमा भने मतगणना जारी छ।