बुटवल-नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज गाउँनगरको अधिवेशन शुरु भएको छ। सोहीअनुसार गाउँनगरहरुमा उम्मेदवारी दर्ता भएको छ। बुटवलमा पनि दुवै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन्।
बुटवलको दीपनगरमा रहेको सिद्धेश्वर लालकुमारी माविमा सुरु भएको निर्वाचनको लागि खेलराज पाण्डे र रिता केसी क्षेत्रीले उमेदवारी दर्ता गराएका छन्। पाण्डे पौडेल पक्षका हुन् भने केसी देउवा पक्षकी हुन्।
पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छाँया पोखरेलर गंगा पन्थी, सहसचिव देवलाल अर्गाली र पुरुषोत्तम खनाल रहेका छन्।
यसैगरि केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे रहेका छन्।
निर्वाचनको लागि उपनगरका ५ सय ८४ जना क्षेत्रिय प्रतिनिधिले भाग लिन पाउनेछन्।