बुटवल-नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिका लागि रिता केसी नेतृत्वको टीमले उम्मेदवारी घोषणा गरेको छ।
केसीको नेतृत्वमा उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे रहेका छन्।
उम्मेद्वारी घोषणा सभामा सभापतिकी उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्दै अघि बढ्ने बताइन्।
कांग्रेस महासमिति सदस्य युवराज गिरीले एक कार्यक्रमबीच उम्मेदवारहरूको नाम घाेषणा गरे। सभापतिका दाबेदार केसी सभापति शेरबहादुर देउवा समूहबाट प्यानलसहित चुनाबमा होमिएकी हुन्।