काठमाडौँ – नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका फेरि फेरिने भएको छ।
चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति भएको हो।
प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने योजना थियो। बैठकपछि नेता रामचन्द्र पौडेलले भने, ‘दसैंअघि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ।’
असोज ९ गतेका लागि निर्धारण भएको पालिकास्तरीय अधिवेशन यथावत राख्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
सार्वजनिक कार्यतालिका गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते गरेर प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने कार्यतालिका छ।
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिब १०, ११ र १२ गते गर्ने भनिएको छ। तर मंसिर ९–१३ गते हुने केन्द्रीय महाधिवेशनलाई यथावत राखेर अरु कार्यतालिका फेरिने भएको हो।
क्रियाशिल सदस्यता नै टुगिंन बाँकी रहेको १३ जिल्लाको वडा तहको अधिवेशनका लागि नयाँ मिति तय गर्ने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको प्रवक्ता शर्माले बताए।