काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका छन्।
परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्तिको सिफारिसपत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।
खड्काले आज परराष्ट्रमन्त्री पदको शपथ लिँदै छन् । दिउँसो १ बजे उनले शपथ लिन लागेका हुन् ।
दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ गराउने गरी तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो।