काठमाडौं: राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित गर्नुअघि उनले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए ।