काठमाडौं: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा चयन भएकी तेस्रो महिला अध्यक्ष सुनिता बरालले आज केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछिन् ।
एमाले अध्यक्ष केपीशर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा राखिएको शपथ ग्रहण कार्यक्रममा झण्डै ४ सय केन्द्रीय सदस्यको शपथ ग्रहण हुँदैछ । ‘आज २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ,’अध्यक्ष बरालले भनिन् ।
रामकुमारी झाक्री, नविना लामा पछि अखिलको नेतृत्वमा पुग्ने बराल तेस्रो महिला हुन् । २२-२४ चैतमा हुने २३ औं महाधिवेशन सम्मकालागि बरालको अध्यक्षतामा, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहेको केन्द्रीय कमिटी पुनर्गठन गरिएको थियो ।
शपथ ग्रहणअघि एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभागृहमा मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेत शार्दुल’नामक पुस्तकको बिमोचन गर्ने छन् ।