काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।
क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो ।
पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ ।
साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ ।बैठक बुधबारसम्म चल्ने छ ।